गोजमुमो बिमल खेमा नागरी धजे 16 नम्बर समष्टि गठन

सुकेपोखरी : गोर्खा जनमुक्ति युवा मोर्चा बिमल खेमा नागरी धजे 16 नम्बर समष्टि समिति गठन गरियो। प्यारेनबडी समष्टि सचिव सचिन खालिङको अध्यक्षतामा सम्पन्न सभामा नयाँ गठन गरिएको समितिमा युवा मोर्चा समष्टि सभापति शुलभ शङ्खर, उपसभापति प्रमोद राई, महासचिव विशाल राई, सहसचिव सुमन सिंह, कोषाध्यक्ष मेण्डुप तामाङ र स्वदेश राई, प्रचार-प्रसार सचिव सञ्जीव बान्तवा र केवल विश्व तथा 23 जना सल्लाहकार चयन गरिएको छ। समष्टि  प्यारेन बडी, भूतपूर्व सैनिक सङ्गठनका संयोजक गोपी थापा तथा शाखा समितिका संयोजक, सभापति, सचिव आदिको उपस्थितिमा युवा मोर्चा समष्टि समिति गठन गरिएको बताइएको छ। समष्टि उपसभापति प्रमोद राईले गत समयमा देखिएको ढाँट, छल र झुटको राजनैतिक संस्कारमा परिवर्तन ल्याएर स्वस्थ अनि स्वच्छ राजनीति स्थापना गर्न आवश्यक रहेको बताए। तिनले दलमा आउन चाहने सबैलाई स्वागत जनाउँदै अध्यक्ष बिमल गुरूङको सिद्धान्तलाई आत्मसात गरेर लक्ष्य प्राप्त गर्न समग्र पहाड़वासीलाई एक हुने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *