गोजमुमो बिमल खेमा नागरी धजे समष्टिको कार्यालय उद्घाटन

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी धजे समष्टिको कार्यालय बिहीवार उद्घाटन गरियो । दार्जीलिङ महकुमा समिति अध्यक्ष पीटी ओला तथा सचिव शरण लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको दोस्रो चरणमा समष्टि अध्यक्ष विक्रम तामाङको अध्यक्षतामा परिचयात्मक साङ्गठनिक सभा सम्पन्न भयो । सचिव सचिन खालिङले सञ्चालन गरेको सभामा समष्टि अन्तर्गत रहेको सम्पूर्ण सातवटा शाखा तथा भातृ सङ्गठनका पदाधिकारी एवम् प्रतिनिधिवर्गको उपस्थिति रहेको थियो। शाखा तथा भातृ सङ्गठनका पदाधिकारीले सङ्गठनको क्रियाकलापबारे जानकारी गराएको सभालाई सम्बोधन गर्दै महकुमा अध्यक्ष ओला तथा सचिव लामाले सङ्गठन सशक्तिकरणमाथि महत्वपूर्ण सुझाउ राखे । तिनीहरूद्वयले समष्टि तथा शाखाहरूमा पार्टीसँगै युवा मोर्चा, नारी मोर्चा, विद्यार्थी मोर्चा लगायत अन्य भातृ सङ्गठन र प्रत्येक शाखामा प्रशाखा गठन गरिनु पर्ने बताए। अध्यक्ष बिमल गुरूङले टीएमसीसित मिल्नुको औचित्यमाथि प्रकाश पार्दै तिनीहरूले यो गठबन्धन चुनाउ गठबन्धन मात्र रहेको बताए । चिया श्रमिकको समस्या सामधान साथै बेरोजगार समस्या सामधानबारे पार्टीको रणनीतिमाथि पनि तिनीहरूले अवगत गराए। आगामी चुनाउमा टीएमसीलाई समर्थन गर्ने अनि केन्द्रिय समितिको निर्देशन अनुसार नै कार्य गर्नुपर्ने तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *