गोजमुमो बिमल खेमा नागरी फार्म टोलीको बीडीओ-सित भेटवार्ता साथै चढाए ज्ञापन पत्र

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा जोरबङ्लो सुकेपोखरी खण्डको पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत नागरी फार्म शाखाको एउटा प्रतिनिधि टोलीले आज खण्ड विकास अधिकारी समिरूल इस्लामसित सौहार्दपूर्ण भेटवार्ता गर्नको साथै विविध विषयलाई लिएर एउटा ज्ञापन पत्र बुझायो। पार्टीका केन्द्रीय अध्यक्ष विमल गुरुङको निर्देश अनुसार पार्टीगत रूपमा क्षेत्रका सर्वसाधरणलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको यस भेटघाटमा खण्ड विकास अधिकारीसित बीएडीपी,मनरेगा, माइनोरिटी स्कीम, प्रधानमन्त्री आवास योजना, गीताञ्जली योजना, एग्रीकल्चर, कन्याश्री, पर्सनल बेनिफिट स्कीम, फेमिलि बेनिफिट स्कीम लगायत अन्य विविध विषयमा चर्चा गरिएको टोली प्रमुख पेम्बा लेप्चाले  बताएका छन्। यी विषयलाई गम्भीरतापूर्वक लिएर खण्ड विकास अधिकारीले समस्या सामधानबारे पहल गरिने प्रतिवद्धता व्यक्त गरेको पेम्बा लेप्चाले थप बताएका छन्। आगामी केही दिनमा पार्टीको पक्षबाट पञ्चायत कार्यालयमा पनि भेटवार्ता गर्ने योजना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *