गोजमुमो बिमल खेमा नामरिङ शाखा गठन

तकदाह: गोजमुमो बिमल खेमा तकदाह टिस्टा भेल्ली समष्टी अन्तर्गत पर्ने नामरिङ चियाबारी शाखाको सभा समष्टी को-अर्डिनेटिङ कमिटीका चिफ को-अर्डिनेटर बिकास कटुवालको सभापतित्वमा सम्पन्न भयो। यस अवसरमा साङ्गठानिक विषय तथा वर्तमान राजनैतिक परिवेशबारे उपस्थित पार्टी कार्यकर्ताहरूसित चर्चापरिचर्चा गरिनको साथै नामरिङ चियाबारी शाखा कमिटी पनि गठन गरियो। उक्त कमिटीमा सभापति सुरेन राई, सचिव रितेश प्रधान लगायत अन्य 13 जनालाई सदस्यको रुपमा चयन गरिएको छ। कुनै भेद भावबिनै सबैलाई अङ्गालेर सिंगो नामरिङ भएर अध्यक्ष बिमल गुरुङको नेतृत्वमा अघि बढ्ने आजको नव गठित शाखा समितिले प्रतिबद्धता जताएको छ। तकदाह टिस्टा भेल्ली समष्टि समितिको तर्फबाट नवगठित शाखा समितिका नयाँ पदाधिकारीहरूलाई शुभकामना व्यक्त गर्दै पार्टी संयोजक विकास कटुवालले यसबारे जानकारी दिएका छन्|


Leave a Reply

Your email address will not be published. Required fields are marked *