गोजमुमो बिमल खेमा रेलिङ शाखाको सभा

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा बिमलखेमा रेलिङ कैंजले समष्टि अन्तर्गत पर्ने रेलिङ शाखाको सभा आज लाक्पाटारमा सम्पन्न भयो। संगठनलाई अझ बलियो बनाउने उद्देश्य लिएर आयोजना गरिएको उक्त सभामा संगठनलाई कसरी थप जनमुखी तथा प्रभावकारी बनाउने बारेमा व्यापक चर्चा परिचर्चा गरियो। गोजमुमो केन्द्रीय सदस्य दीपक छेत्रीको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय कोषाध्यक्ष शशी डोमा राई, समष्टि संयोजकद्वय सञ्जय छेत्री र अरुण प्रधान लगायत स्थानीय पार्टी कार्यकताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *