गोजमुमो बिमल खेमा रिम्बिक शाखा गठन

रिम्बिक: गोजमुमो बिमल खेमा रिम्बिक लोधोमा समष्टि अधीनस्थ रिम्बिक शाखाको आज एउटा सभा सम्पन्न भयो। भक्त दिलपालीको अध्यक्ष्यतामा सम्पन्न सभामा सङ्गठनलाई जमिनी रूपमा अझ बलियो बनाउन तथा पार्टीलाई सक्रिय रूपमा अघि बढाएर लैजाने उद्देश्य लिएर गोजमुमो बिमल खेमा रिम्बिक शाखा गठन गरियो।


आजको सभामा शाखाको पुरानो कार्याकरणी कमिटी विघटन गरेर नयाँ कार्याकरणी कमिटी गठन गरियो जसमा शाखा संयोजक ललित चन्द्र प्रधान, नारी मोर्चाबाट सिमा लेप्चा, युवा मोर्चाबाट उदयमाणि प्रधान अनि 26 जना कार्याकरणी कमिटी चयन गरिएको केन्द्रीय समितिका सदस्य नरेन्द्र काम्बाङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *