गोजमुमो बिमल खेमा सौरेनी 25 नम्बर समष्टिको सभा

मिरिक : गोर्खा जनमुक्ति मोर्चा एक सौरेनी 25 नम्बर समष्टिको एउटा महत्वपूर्ण सभा आज सौरेनी सार्वजनिक भवनमा सम्पन्न भयो। पूर्ण सिंह राईको अध्यक्षतामा सम्पन्न सभालाई समष्टि संयोजक संगम राईले सञ्चालन गरेका थिए। उक्त सभामा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय सहसचिव विनोद खालिङ, महकुमा महासचिव सुजीत तामाङ, युवा संयोजक मन्दीप तामाङ, नारी मोर्चा संयोजिका श्रीमती बुद्धमाया राई र डीटीडीपीएलयु कार्यकर्ता अम्बर अधिकारीको विशेष उपस्थिति रहेको थियो। उक्त सभामा विविध विषयमाथि चर्चा परिचर्चा गरेपछि समष्टिको भावी कार्यक्रमबारे घोषणा गरियो। कोभिड प्रोटोकललाई पालन गर्दै आगामी 27 जुलाईको दिन बिहान 8 बजीदेखि 9.30 सम्मा एउटा कार्यक्रमको माध्यमद्वारा शहीद दिवस मनाउने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *