गोजमुमो बिमल खेमा सौरेनी समष्टिको लोअर तोकलाङ शाखाको सभा सम्पन्न

मिरिक: सकारात्मक सोँच र फराकिलो विचार अनि नीति प्रधान राजनीतिको मूल मन्त्र लिएर गोजमुमो बिमल खेमा सौरेनी समष्टि महासचिव पूर्णसिंह राई र विनोद खालिङको नेतृत्वमा आज लोअर तोकलाङ शाखा अनुमोदन सभा सम्पन्न गरियो। शाखा अध्यक्ष अजीत छेत्रीको सभापतित्वमा अनि शाखा सचिव प्रशन रामतेलको सञ्चालनमा सम्पन्न भएको सभामा मिरिक महकुमा समिति अध्यक्ष सुमन राई, महासचिव सुजीत तामाङ, सौरेनी समष्टि संयोजक संगम राई, रोशन थापा, समष्टि युवा मोर्चा संयोजक मन्दिप तामाङ, समष्टि नारी मोर्चा संयोजिका श्रीमती बुद्धमाया राई लगायत निर्वासित जीवन बिताएर फर्किएका साङ्गे मोक्तान, बुद्धिमान र विध्यार्थी मोर्चा समष्टि संयोजक अल्पेस राई आदिको उपस्थिति रहेको थियो। सौरेनी समष्टिको शाखा पसौँ अभियान अन्तर्गत सम्पन्न सभामा साढे तीन वर्ष विस्थापित जीवन बिताएर फर्किएका विनोद खालिङ, पूर्ण सिंह राई, साङ्गे मोक्तान, बुद्धिमान तामाङ र अल्पेश राईलाई फूल, अक्षेता साथै माला लगाइ दिएर भव्य स्वागत गरे। सभामा वक्ताहरुले “हाम्रो घर हाम्रो भर” भन्ने नाराको भर नपर्ने आह्वान गर्दै अब हामीले “हाम्रो घड़ेरी हाम्रो भविष्य” हुनुपर्छ भन्ने विषयमा अघि बढ्नुपर्छ भन्ने मन्तव्य पोखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *