गोजमुमो बिमल खेमा टोलीद्वारा सोम प्रथम विभाग क्षेत्रमा सेनिटाइज

दार्जिलिङ : अहिलेको अवस्थामा आवश्यकता अनुरुप कोभिड भ्याक्सिनको आपुर्ति हुन नसकिरहेकोले मान्छे आफै पनि कतिपय कुराहरुमा सतर्क रहनु आवश्यक देखिन्छ। आफु बसेको वातावरण आफ्नो निम्ति सुरक्षित होस् भन्ने कुरालाई ध्यानमा राखेर पनि सेनिटाइज गरिनु आवश्यक छ। भ्याक्सिनको आपुर्ति नभइरहेको समयमा सेनिटाइज गर्नु पनि आफु र आफ्नो क्षेत्रलाई सुरक्षित राख्न सक्ने एउटा प्रमुख उपाय हो। यस कुरालाई मध्यनजर राखेर सोम प्रथम विभागको स्थानीय वासिन्दाहरुको अनुरोधलाई स्वीकार्दै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको निर्देशमा आज एउटा टोली पुगेर सोम प्रथम विभागको भोटे गोठ, धसिंह धुरा अनि ढंड्वामा सेनिटाइज गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *