गोजमुमो बिमल खेमा युवा मोर्चाको नक्सलबारीमा सभा

नक्सलबारी : गोजमुमो बिमल खेमा युवा मोर्चाको नक्सलबारीमा आज एउटा सभा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर युवा मोर्चा गठनबारे छलफल गरियो भने आउँदो आइतबारको दिन पूर्ण रूपले युवा मोर्चा गठन गरिने भएको छ। उक्त सभामै केही युवाहरू गोजमुमो बिमल खेमामा सामेल भएका छन्। आजको सभामा केन्द्रीय समिति सदस्य दुर्गा प्रधान, युवा मोर्चा केन्द्रीय सदस्य विशिष्ट प्रधान, पञ्चनदी, सालबारी युवा मोर्चा ब्लक संयोजक प्रणय शेर्पा, युवा मोर्चा सदस्य बिट्टु सिहं, अभिषेक गुरुङ लगायत नक्सलबारी युवा मोर्चा ब्लक सदस्य अशोक शर्मा मुख्य रूपमा उपस्थित थिए भने सभामा नक्सलबारीका प्यारेन्ट बडीको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *