गोजमुमो विमल पन्थी नेता कुमार चामलिङ पक्राउ

कालेबुङ : गोजमुमो विमल पन्थी नेता कुमार चामलिङलाई गत राति पुलिसले पक्राउ गरेको छ। गत 2017-को गोर्खाल्याण्ड आन्दोलन अवधि हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा कुमार चामलिङलाई पक्राउ गरिएको पुलिस सूत्रले जनाएको छ। आज तिनलाई कालेबुङ जिल्ला अदालतमा पेश गरेपछि हिरासतमा पठाइएको छ। आज अदालत परिसरमा पक्रा परेका गोजमुमो विमल पन्थी नेतासँग के कारणले पक्रेको हो भन्नेबारे जान्न चाहँदा तिनले कुनै प्रकारको कानुनी प्रक्रियाबारे प्रतिक्रिया गर्ने मानेनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *