गोजमुमो बिमल पन्थीद्वारा तीनधारे स्कुलमा सेनिटाइज

खरसाङ : बिमलपन्थी गोजमुमोद्वारा पहाडको विभिन्न क्षेत्रहरूमा सेनिटाइजको कार्य जारी राखेको छ। यसै क्रममा आज बिमलपन्थी युवा मोर्चाद्वारा खरसाङको तीनधारे उच्चत्तर माध्यमिक विद्यालय परिसरमा सेनिटाइज गरियो। यस सेनिटाइज कार्यपछि बिमलपन्थी युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधानले बिमलपन्थी युवा मोर्चाद्वारा सेनिटाइज गर्ने क्रममा आज आफुहरूले तीनधारे उच्चत्तर माध्यमिक विद्यालय परिसरमा सेनिटाइजको कार्य गरेको बताएका छन्।


यस अवसरमा तिनले भने, हामीले अब कुनै पार्टी हेर्नु हुँदैन तर सबै मिलेर तीनधारे क्षेत्रलाई बचाउनुपर्छ। तीनधारे क्षेत्रका सबैलाई निवेदन गर्दै तीनधारे क्षेत्रलाई कोरोनामुक्त बनाउन सबै मिलेर पहल गर्न आवश्यक छ भनी तुनले बताएका छन्। तिनले पार्टी अध्यक्ष बिमल गुरुङले सेनिटाइजको लागि गरेको सहयोगको निम्ति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *