गोजमुमो बिमलपन्थीको घैयाबारी खण्ड युवा मोर्चा गठन

खरसाङ : बिमलपन्थी गोजमुमोको घैयाबारी खण्ड समिति युवा मोर्चा गठन गरिएको छ। खरसाङ महकुमा अन्तर्गत घैयाबारी खण्ड समितिको युवा मोर्चा गठन हेतु गोजमुमो बिमलपन्थीको घैयाबारी खण्ड समितिको सभापति प्रितम लामाको अध्यक्षतामा तथा दिप सन्यासीको सञ्चालनमा एक सभा सम्पन्न भयो। सभामा मुख्य रुपमा गोजमुमो खरसाङको सदस्य एवं तीनधारे खण्ड समितिको सभापति योगराज प्रधान लगायत युकास प्रधान र प्रसाद लावर पनि उपस्थित थिए। घैयाबारीमा सम्पन्न सभामा युवा मोर्चाका खरसाङ महकुमा समितिको संयोजक सत्यम छेत्रीको निर्देशनमा युवा मोर्चाका कमिटी गठन गरिएको जानकारी प्राप्त भएको छ। सभालाई गोजमुमो तीनधारे खण्ड समितिका सभापति योगराज प्रधानले सम्बोधन गरेका थिए। युवा मोर्चाका घैयाबरी खण्ड समितिमा सभापति दिप सन्यासी, कार्यकारी सभापति रञ्जित तामाङ, सचिव सन्दीप प्रधान, सह सचिव किसान वाइबा, कोषाध्यक्ष प्रणय खाती, सह कोषाध्यक्ष दिपेन राणा र देवमणि राई, सल्लाहकारमा छेडुप तामाङ, धन नारायण प्रधान र राजु राई अनि प्रचार प्रसार सचिव नितेस राणा लगायत 12 जनाको कार्यकारी सदस्यहरू चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *