गोजमुमो बिमल पन्थी खरसाङ टाउन कमिटी गठन

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा बिमलपन्थीको सभा आज खरसाङको एउटा होटलमा सम्पन्न गरियो। सभामा बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटी पुन: गठन गरियो। गोजमुमोको सभा दुई चरण गरेर आज सम्पन्न गरियो। पहिलो सभा गोजमुमो खरसाङ महकुमा समितिको सभापति प्रदीप मंगरको अध्यक्षतामा सम्पन्न गरियो, जसमा गोजमुमो खरसाङ टाउन कमिटी गठन गरियो। उक्त कमिटीमा सभापति सोनाम लामा, उप सभापति राजु सेवा र बिक्रम तामाङ, सचिव विकास तिरूवा, सह सचिव गोपाल खाती र कुमार छेत्री, कोषाध्यक्ष सहदेव मंग्राती, सह-कोषाध्यक्ष दीलिप पटेल लगायत 20 जना कार्यकारी सदस्यहरू चयन गरिएको छ।


यसैगरी, बिमलपन्थी गोजमुमोले लगभग तीन वर्षपछि आज खरसाङमा खुल्ला रुपमा सभाको आयोजना गर्न सफल भएको छ । खरसाङ महकुमा समितिका सभापति प्रदीप मंगरको अध्यक्षतामा सम्पन्न सभालाई केन्द्रीय सह सचिव बिमल दर्जी, युवा मोर्चाका खरसाङ महकुमा संयोजक सत्यम छेत्री, सभापति प्रदीप मंगर आदिले सम्बोधन गरे। यस अवसरमा पत्रकारहरूसित बोल्दै बिमलपन्थी गोजमुमोको केन्द्रीय सह सचिव बिमल दर्जीले आज खरसाङमा प्रतिनिधि सभा भएको र यसमा खरसाङ टाउन कमिटी गठन गरिएको बताएका छन्। सभामा पार्टी अध्यक्ष बिमल गुरूङलाई के- कस्ता प्रकारले स्वागत जनाइने भन्नेबारेमा चर्चा गरिएको पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *