गोजमुमो बिमल टोलीले पीडब्ल्युडी मन्त्री मलय घटकसित भेट गरेर चढाए ज्ञापन

कोलकोता: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको एउटा प्रतिनिधि टोलीले कोलकातामा आज पीडब्ल्युडी तथा कानुन मन्त्री मलय घटकसँग भेट गरेर यो बर्खा झरीमा अविरल रुपमा पानी परेर बिगारेको पीडब्ल्युडी अधिनस्थ बाटो-घाटोहरु अनि राष्ट्रिय राजमार्गहरुको चाँडोभन्दा चाँडो मरमति गरिनु पर्ने माग गर्दै ज्ञापन पत्र चढाएको छ। यसबारे मन्त्री मलय घटकले राज्य सरकारको पक्षबाट यस कुरालाई सकारात्मक रुपमा लिएर काम गरिदिने वचन दिएका छन्। प्रतिनिधि टोलीमा पार्टी महासचिव रोशन गिरी, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ अनि कालेबुङ जिल्ला समिति अध्यक्ष एवम् केन्द्रीय समिति सदस्य डा. आरबी भुजेल सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *