गोजमुमो विनय-अनित खेमाद्वारा साङमा चियाबारीमा नयाँ घर बनाइदिएर परिवारलाई हस्तानन्तरण

सुकेपोखरी : पोख्रेबुङ चामोङ 15 नम्बर समष्टि अन्तर्गत साङमा चियाबारी सिरुबारी गाउँ निवासी धनकुमार तामाङको घरको अवस्था अति जीर्ण रहेकोले गर्दा गोर्खा जनमुक्ति मोर्चा विनय खेमा समष्टि प्रभारी नोबल बम्जनको सक्रियतामा नयाँ घर निर्माण गरिदिएपछि तिनका परिवारलाई नोबल बम्जन तथा अन्यको विशेष उपस्थितिमा हस्तान्तरण गरियो। यस विषयमा बोल्दै परिवार प्रमुख धनकुमार तामाङ तथा तीर्थ युवा क्लब एवं समाजको पक्षबाट उत्तम राईले नोवल बम्जन प्रति आभार व्यक्त गरेका छन् भने किरण पाख्रीनले नोवल बम्जनको सक्रियतामा नयाँ सोंच र नयाँ विचारका धनी गोजमुमो केन्द्रिय अध्यक्ष विनय तामाङ तथा महासचिव अनित थापामार्फत् उक्त घरको निर्माण कार्य सम्भव भएको बताए। प्रभारी निवल बम्जनसितै केन्द्रिय नेतृत्वद्वय प्रति पनि आभार प्रकट गरिएको छ । यसैबीच नोवल बम्जनको बाहुलीबाट टीवाईए साङमा चियाबारीका फुटबल खेलाड़ीहरूलाई जर्सी पनि प्रदान गरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *