गोजमुमो (विनय खेमा) रेलिङ कैजले समष्टिद्वारा रेलिङमा बलिदान दिवस पालन

बिजनबारी: गोर्खाल्यान्ड आन्दोलनमा सिप्सु काण्डमा आजकै दिन प्राण गुमाएका सहिदहरुको स्मरण गर्दै गोजमुमोको दुवै खेमाले पहाडको विभिन्न स्थानहरुमा आज बलिदान दिवसको रूपमा पालन गरे। यसै क्रममा आज गोजमुमो विनय खेमाले बलिदानसँगै सङ्कल्प दिवसको रूपमा पालन गरे। यसैक्रममा आज गोजमुमो विनय खेमा रेलिङ कैंजले समष्टिको आयोजनामा स्थानीय रेलिङ उच्चतर माध्यमिक विद्यालय नजिकै रहेको सहिदवेदी परिसरमा सङ्कल्प दिवस पालन गऱ्यो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सतीश पोख्रेल, समष्टी महासचिव मिलन छेत्री लगायत स्थानीय पार्टी समर्थकहरुको उपस्थिति रहेको थियो। हामी गोर्खाल्यान्डको नाममा प्राण गुमाउने बीर बिरङ्नाहरुको सपनालाई कदापि भुल्नु हुँदैन यद्यपि सहिदहरुले देखेको सपना हालसम्म पुरा नहुनु बिडम्बना हो, यसैले भारतीय स्तरमा गोर्खाहरुलाई एक मञ्चमा ल्याउने अध्यक्ष विनय तामाङको सोंचले साँच्चै एउटा नयाँ अध्याय शुरु भएको समष्टी महासचिव मिलन छेत्रीले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *