गोजमुमो विनय खेमा विद्यार्थी मोर्चाको मङपु शाखा गठन

मङपु :  मङपु शाखा चुनावी कार्यलयमा आज गोजमुमो विनयखेमाको एउटा चुनावी सभा सम्पन्न भयो। प्रकाशचन्द्रको अध्यक्षतामा सम्पन्न सभामा मङपु शाखा विद्यार्थी मोर्चा गठन गरियो। जसमा सभापति अशेष थापा, उपसभापति बलभद्र राई, मूल सचिव सेवक राई, सहसचिव अलिसा बम्जन, प्रसङ्ग राई, लेखा परीक्षक सुजत थापा र मोना थापा, संयुक्त सचिव विश्वदीप राई, निहा गुरुङ र अभिषेक सुब्बा एवम् प्रमुख सल्लाहकारको रूपमा रुपेश थापालाई चयन गरियो। केन्द्रिय समिति उपसभापति विश्वास छेत्रीको नेतृत्वमा सम्पन्न सभामा मङपु युवा मोर्चा सचिव शरद थापा, गोजामुमो मङपु सचिव गगन राई उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *