गोजमुमो विनय खेमाद्वारा अग्नि पीडितलाई सहयोग : जीटीएले घर बनाइदिने आश्वासन

खरसाङ : तीनधारे चुनभट्टीको अग्नि पीड़ित परिवारलाई जीटीए चेयरम्यान अनित थापाको निर्देशनमा गोजमुमो टोलीद्वारा सहयोग प्रदान गरिएको छ। महानदी तीनधारे समष्टी अन्तर्गत चुनभट्टीको कोप्चे गाउँमा हिजो राति खाना पकाउने ग्यास सिलिण्डर पड़केर खरसाङ पीएचई विभागमा कार्यरत् कर्मचारी धनकुमार थापाको घर चलेर स्वाहा भएको थियो। त्यसर्थ आज जीटीए अध्यक्ष एवं गोजमुमो महासचिव अनित थापाको निर्देशनमा गोजमुमो खरसाङ महकुमा समितिको एउटा टोली कार्यकारी अध्यक्ष समीर दीप ब्लोनको नेतृत्वमा उक्त घर परिवारलाई केही राहत सामाग्रीहरू साथै नगद राशि प्रदान गर्न पीडितको घर पुगेका थिए। धनकुमार थापाको जलेको घर कोप्चे गाउँमा पुगेर खाद्य सामग्रीहरू चामल, तेल ,दुई बण्डल तारपोलीन र नगद राशि 25 हजार प्रदान गरिएको छ। उक्त टोलीसँगै खरसाङका विधायक डा. रोहित शर्मा पनि गएको हुनाले विधायक कोषबाट पनि पिडित परिवारलाई कम्बल, लगाउने लुगा फाटा, ग्यास चुला आदि प्रदान गरिएको जानकारी प्राप्त भएको छ। विधायक रोहित शर्माले पिडित परिवारलाई चाँढै नै डिजास्टर म्यानेजमेन्ट पश्चिम बंगाल राज्य सरकारबाट रूपियाँ दुई लाख पचास हजार रूपियाँ घर निर्माणको निम्ति उपलब्ध गराइदिने वचन पनि दिएका छन्। त्यसैगरी, जीटीए अध्यक्ष अनित थापा पनि केही दिनभित्रमा कोप्चे गाउँ पिडीत परिवारको घर गएर घर निर्माणको निम्ति एक लाख रूपियाँ सहयोग दिने खबर महकुमा कार्यकारी अध्यक्ष समीरदीप ब्लोनको माध्यमद्वारा पिडित परिवारलाई जानकारी गराइएको छ। यसको साथै जीटीएको तर्फबाट पनि पिडित परिवारलाई एउटा घर बनाइदिने जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *