गोजमुमो विनय खेमाको केन्द्रिय समितिमा 3 जना नयाँ सदस्य चयन

मिरिक : गोजमुमो विनय खेमाको केन्द्रिय समितिमा मिकुमार योञ्जन, पीएल जोशी र मणि कुमार तामाङ (साङ्गा)-लाई सदस्यको रूपमा चयन गरिएको छ। मीकुमार योञ्जन र पीएल जोशी भूतपूर्व शिक्षक हुन् भने मणि कुमार तामाङ पूर्व माकपा नेता हुन्। गोजमुमो मिरिक महकुमा समिति विनय खेमाको चार‌वटा समष्टिका प्रतिनिधिहरू अनि युवा मोर्चा, नारी मोर्चा तथा भातृ संगठनलाई लिएर आज मिरिकको युवा आवास गृहमा सम्पन्न सभामा यी तीनजनालाई केन्द्रीय समिति सदस्यको रूपमा चयन गरिएको गोजमुमो विनय खेमाका मिरिक वर्किङ प्रेसिडेन्ट लाडुप घिसिङले बताए। महकुमा अध्यक्ष समीर राईले सञ्चालन गरेको सभामा साङ्गठनिक गतिविधिमाथि छलफल गर्दै चयन गरिएको तीनजना केन्द्रीय सदस्यलाई सबैले बधाई एवम् शुभकामना दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *