गोजमुमो विनय खेमाको बुथ कमिटी गठन

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा विनय खेमा नागरी धजे समष्टि अन्तर्गत बुथ 23/300 को चुनावी सभा बीएलसी कुन्दन थापाको सभापत्त्विमा सम्पन्न भयो। जोनल चुनाउ समन्वयक बीबी राई अनि समष्टि चुनाउ समन्वयक अन्जुल चौहानको विशेष उपस्थिति भएको सभामा बुथका सम्पूर्ण प्रतिनिधिगण तथा ग्रामवासीहरूको उपस्थिति थियो। सभामा  बुथ लेबल चुनाउ समितिको पनि गठन गरियो। बुथ सचिव समीर राईलाई चुनाउ समितिको संयोजक चयन गरियो। आउँदो विधानसभा चुनाउमा यस बुथबाट पुर्ण बहुमत दिएर विनय  अनित खेमाको प्रार्थीलाई जिताउने प्रतिबद्धता जाहेर गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *