गोजमुमो विनय खेमाको खरसाङमा चुनावी समीक्षात्मक बैठक

खरसाङ: खरसाङमा चुनावी समीक्षात्मक सभा गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष विनय तामाङले आज खरसाङमा चुनाउ विषयलाई लिएर सांगठनिक सभा गरिएको र यो दोस्रो चरणको चुनावी कसरत रहेको बताए। तिनले आज खरसाङमा चुनाउ कमिटीका पदाधिकारीहरूलाई लिएर चुनावी अन्तर्क्रियात्मक सभा गरिएको र केन्द्रीय समितिको तर्फबाट दिनुपर्ने गाइड लाइनहरू दिने कार्य गरिएको बताए। आगामी शुक्रबार गोरुबथानमा, 13 मार्च मङ्पु, 14 मार्च मिरिक र 15 मार्च दार्जिलिङमा चुनावी समीक्षात्मक सभा गरिने तिनले जानकारी दिएका छन्। पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै तिनले राज्यसित सम्बन्धित समस्याहरू राज्यले नै समाधान गर्नेछ भने हामीले उठाएको चारवटा मुख्य मुद्दाहरू भारत भुटान मैत्री सन्धि, भारत नेपाल मैत्री सन्धि, उत्तर पूर्वी काउन्सिलमा हाम्रो भूभागलाई गाँभ्नु पर्ने र अल इण्डिया गोर्खा एसेम्बली आदिको मुद्दाहरू केन्द्रसित सम्बन्धित भएकोले केन्द्रसित माग गर्नेछौँ र राज्यसितको हामी राज्यलाई भन्नेछौं भनी बताए। तामाङले 2019-मा हामी पराजित भए तापनि हामीले गरेको विकासको कार्यहरू हेरेर अघि जानेछौं साथै कोभिडको समयमा पार्टी, जीटीए र अनित थापाले गरेको कार्यहरू हेरेर चुनावी मैदानमा ओर्लिने तिनले बताए। हाम्रो पार्टीको यसपालीको राष्ट्रिय स्तरको मुद्दा रहेको पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *