गोजमुमो विनय खेमाको मिरिक छोटा टिङलिङमा चुनाउ प्रचार

मिरिक : गोर्खा जनमुक्ति मोर्चा (विनय खेमा) सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधान र तिनको टोलीले आज छोटा टिङलिङको भ्रमण गरी आम जनतासँग भेट गरेर भलाकुसारी गर्दै आउँदो विधानसभा चुनाउबारे चर्चा गरे। प्रधानले आम जनतासँगै स्थानीय गोजमुमो नेतृत्वहरुसँग पनि भेट गरेर चुनाउबारे चर्चा गरे।


गोजमुमो छोटा टिङलिङ शाखा अध्यक्ष केपी शर्माको सभापतित्वमा सम्पन्न सभालाई सम्बोधन गर्दै सुनिल प्रधानले आउँदो विधानसभा चुनाउमा यस वर्ष नयाँ सोंच नयाँ विचार लाई सबैले सहयोग गर्नुपर्ने बताउँदै यो भोट यथार्थको धरातलमा उभिएर पहाडमा विकास र रोजगारको पक्षमा छिरिङ दाहाललाई दिनुपर्ने आह्वान गरे। सभालाई किरण राई, रविन्द्र शर्मा आदिले पनि सम्बोन्धन गरे। सभामा सञ्जय ढकाल, अन्जित तामाङ, दुर्ग नारायण प्रधान आदिको पनि उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *