गोजमुमो विनयखेमाको सुकेपोखरीमा सांगठनिक सभा

सुकेपोखरी : गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन नागरी धजे समष्टि अन्तर्गत गोर्खा जनमुक्ति मोर्चा विनय खेमा बुथ नम्बर 23/297-को सांगठनिक सभा बुथ  सभापति गुमान विश्वको अध्यक्षतामा आज सम्पन्न भयो। महकुमा अध्यक्ष आलोक कान्तमणि थुलुङ, आप्पा राजेन, श्रमिक सङ्गठनका जेबी तामाङ, समष्टि अध्यक्ष अञ्जुल चौहान, सचिव किशोर छेत्री, उपाध्यक्ष अमीर गुरुङ, चन्द्र राई, महकुमा समितिका सांगठनिक सचिव प्रमोद शर्मा, अश्विन स्याङदेन, योगेन प्रधान, भूतपूर्व सैनिकबाट जीबी खवास तथा अन्यको उपस्थितिमा सम्पन्न सभालाई अलुङ तामाङले सञ्चालन गरेका थिए।


   

वर्तमान पहाड़मा चलिरहेको बिमल पन्थीको झुठको राजनीतिबाट जनतालाई सतर्क गराउन साथै नयाँ सोँच र नयाँ विचारले मात्र पहाड़को विकास हुने, रोजगारको अवसर प्रदान गर्न सकिने साथै शान्ति शृङ्खला कायम राख्न सकिनेबारे सभामा उपस्थित नेतृत्वहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *