गोजमुमो विनय खेमाको डुवर्स अभियान शुरू

नगरकट्टा: गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले लगभग एक वर्ष पछि फेरि आजदेखि डुवर्स अभियान शुरु गरे। आज आदिवासी सांस्कृतिक केन्द्र, नगरकट्टा डुवर्समा आयोजित गोर्खा जनमुक्ति मोर्चाको कर्मी सभामार्फत विनय तामाङले डुवर्स अभियान शुरु गरे। कर्मी सभालाई सम्बोधन गर्दै विनय तामाङले डुवर्सलाई प्रत्येक आन्दोलनमा नै एउटा हतियारको रूपमा मात्र प्रयोग गरियो अनि प्रत्येक चुनाउमा एउटा भोट मसिन मात्र तर अब यो हुने छैन भनी बताए। हाम्रो साहित्य, संगीतको विभूति, अग्रजहरु बितेर गए पनि तिनीहरूको योगदानलाई ताजा राख्न यिनै विभूतिहरूको डुवर्स क्षेत्रमा शालिग निर्माण गर्ने तिनले आश्वासन दिए। यसको साथै वीरपाडा अनि जयगाउँमा आगामी फरवरी महिनाको अवधिसम्म गोजमुमोको विराट जनसभाको आयोजना गरिने पनि तिनले घोषणा गरे। यस अवसरमा गोजमुमोका अध्यक्ष वाहेक प्रवक्ता केशवराज पोख्रेल, केन्द्रीय सदस्य रुदेन लेप्चा, अमृत योञ्जन, विशाल राई लगायत अन्य नेताहरूले सम्बोधन गरे। आजको कर्मी सभामा गोर्खा जनमुक्ति मोर्चा, डुवर्सका संस्थापक सदस्यहरू भेला भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *