गोजमुमो विनय खेमा नागरी धजे समष्टिको धारावाहिक चुनावी सभा

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा विनय खेमा नागरी धजे समष्टिको चुनावी सभा धारावाहिक रूपमा शुरू गरिएको छ । यसै क्रममा आज बूथ नम्बर 23/294 देखी 295 सम्मका बुथ लेबल कमिटीका सभापति एवं सचिवलाईलाई लिएर चुनावी सभा सम्पन्न गरिएको समष्टि सचिव किशोर छेत्रीले बताए। केन्द्रिय समितिका सीडी बान्तावा, महकुमा समितिका प्रमोद शर्मा, योगेन प्रधान, अश्विन स्याङदेन, युवा मोर्चा समष्टि अध्यक्ष कुसुम राई, चुनावी समितिका प्रतिनिधिवर्ग तथा अन्यको उपस्थितिमा सम्पन्न सभामा आगामी विधानसभा चुनाउमा गोजमुमो अध्यक्ष विनय तामाङ अनि सचिव अनित थापाको हात बलियो राख्न तथा मोर्चा उम्मेद्वारलाई बहुमतले जिताउन कुनै कसर नछोड़ने प्रतिवद्धता व्यक्त गरियो। समष्टिको अन्य बूथहरूमा पनि धारावाहिक रूपमा चुनावी सभा आयोजना गरिने सचिव छेत्रीले थप बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *