गोजमुमो विनय खेमा नागरी धजे समष्टिको सभा

सुकेपोखरी : गोजमुमो विनय खेमा नागरी धजे समष्टि अन्तर्गत बुथ नम्बर 23/303-को सभा आज विकास सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। प्रशान्त शर्माले सञ्चालन गरेको उक्त सभामा गोजमुमो केन्द्रीय सदस्य सीडी बान्तवा, समष्टि अध्यक्ष अञ्जुल चौहान,  उपाध्यक्ष अमीर गुरुङ, सह सचिव सञ्जय गिरी, नारी मोर्चा सचिव सुश्री शीला शर्मा, सह सचिव सुश्री सावित्री छेत्री, नारी मोर्चा दार्जिलिङ महकुमा समिति सदस्य रीना छेत्री, समष्टि मीडिया प्रभारी  सुमेन्द्र श्रेष्ठ लगायत अन्य बूथका सभापति-सचिव अनि प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।


उक्त सभामा 303 बुथ कमिटीमा विकासको कार्यहरूमा पहल गरिनुपर्ने लगायत बुथ अन्तर्गत सम्पूर्ण प्रशाखाहरूको गठनबारे चर्चा परिचर्चा गरियो। यसै सभामा गोदाम धुराबाट प्रदीप छेत्रीले गोर्खा जनमुक्ति मोर्चा अनित-विनय खेमाको नयाँ सोँच नयाँ विचारलाई आत्मसाथ गर्दै समर्थन जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *