गोजमुमो विनय पन्थीको चुनाउ प्रचार अभियान

कालेबुङ: आउँदो बङ्गाल विधानसभा चुनाउमा गोजमुमो (विनय खेमा) का प्रार्थीहरूलाई जिताउने उद्देश्य लिएर गोर्खा जनमुक्ति मोर्चा विनय खेमा 38 नम्बर समष्टिका प्रतिनिधिहरूले घर दैलो अभियान सुरु गरेको छ। गोजमुमो 38 नम्बर समष्टि महासचिव सुमन गुरुङ, कागे ग्राम पञ्चायत शाखा अध्यक्ष मणि कुमार प्रधान अनि जिल्ला समिति सदस्य मिलन प्रधानको नेतृत्वमा पार्टीका कार्यकर्ताहरुलाई लिएर हिजोदेखि समष्टीको लोवर गेनदिङ, कागेबाट उक्त अभियान शुरु गरेपछि आज पनि विभिन्न क्षेत्रहरूमा गएर घर दैलो अभियान चलाए। यस अवसरमा गोजमुमो विनय पन्थीका प्रार्थीलाई विपुल मतदान गरेर विजयी बनाउने मतदाताहरूसित तिनीहरूले अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *