गोजमुमो विनयपन्थी र गोर्खा लीग प्रार्थीले बुझायो नामाङ्कन 

खरसाङ: नामाङ्कन पत्र भर्ने दोस्रो दिन आज आगामी विधान सभा चुनाउको लागि खरसाङ समष्टिबाट विनयपन्थी गोजमुमो र अखिल भारतीय गोर्खालीग भारती गुटद्वारा नामाङ्कन पत्र बुझाए। गोजमुमो विनयपन्थी गोजमुमोका प्रार्थी छिरिङ लामा दाहालले आफ्नो नामाङ्कन पत्र बुझाउन भन्दा अघि खरसाङ शहरमा पार्टीका महासचिव अनित थापा लगायत अन्य नेता तथा समर्थकहरूको उपस्थितिमा चुनावी ऱ्याली पनि निकाले। अर्कोतिर, गोर्खा लीग पार्टीको उम्मेद्वारका रूपमा बिक्रम आदि राईले पनि आज खरसाङ विधानसभा आसनको लागि नामाङ्कन पत्र बुझाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *