गोजमुमो दार्जिलिङ महकुमा समितिद्वारा आवश्यक मानिसहरूलाई मध्यान्हको भोजन वितरण

दार्जिलिङ : गोर्खा जनमुक्ति (विनय खेमा) दार्जिलिङ महकुमाद्वारा कोरोना संक्रमणको यस महामारी अनि यस विकट परिस्थितिमा विभिन्न स्तरमा सहयोग गर्दै आइरहेको छ। यसै क्रममा दार्जिलिङ महुकमा समितिले लकडाउनको समयमा आवश्यक मानिसहरूलाई मध्यान्हको भोजनको व्यवस्था गरेको छ। मुख्यत दवाई दोकानमा काम गर्ने, शहरमा घर विहिन व्यक्तिहरु, शहरमा दैनिक रोजगार गरेर जीविका उपार्जन गर्ने तर हाल लकडाउनले गर्दा रोजगार विहिन, टाढा-टाढाबाट आवश्यक काम लिएर आएको यात्रीहरुलाई नगर समितिद्वारा मध्यान्ह भोजन वितरण गरेको बताइको छ। उक्त कार्यमा दार्जिलिङ शहर समितिको बिशेष पहल अनि महकुमा समितिको निर्देशन रहेको अनि शहर समितिका प्रतिनिधिगणले महत्वपुर्ण भुमिका निर्वाह गरेको थाहा लागेको छ। उक्त कार्य लकडाउन अवधि निरन्तर रूपमा जारी रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *