गोजमुमो डुवर्सद्वारा माल ब्लक एसडीओ-लाई ज्ञापन

मालबजार : पुरानै ढाँचाको जीटीए चुनाउको पक्षमा नरहेको जनाउँदै गोर्खा जनमुक्ति मोर्चा डुवर्सका प्रतिनिधिहरूले आज माल ब्लक-का एसडीओ-लाई ज्ञापनपत्र बुझाएको छ। जबसम्म तराई डुवर्सको 396 वटा मौजाहरु जीटीएमा अन्तर्भुक्त गरेर 2011 को त्रिपक्षीय सम्झौता अनुसार हस्तान्तरित विभाग अनि क्षमताहरु हस्तान्तरण हुँदैन तबसम्म जीटीएको चुनाउ गरिनु हुँदैन भन्ने कुरा ज्ञापन पत्रमा उल्लेख गरेको पार्टीको पक्षबाट सहसचिव सीभा सुनारले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *