गोजमुमो डीटीडीपीएलयु दार्जिलिङ महकुमा सभापति बालम तामाङले दिए राजीनामा

दार्जिलिङ : गोजमुमोका पूर्व अध्यक्ष विनय तामाङले आफ्नो पद तथा पार्टीको सदस्यताबाट राजीनामा दिएपछि हाल पहाड-डुवर्स क्षेत्रमा पार्टीको पैह्रो जाने क्रम जारी रहेको देखिन्छ। यसै क्रममा आज गोजमुमोको श्रमिक संगठन दार्जिलिङ, तराई डुवर्स प्लान्टेसन लेबर युनियनका दार्जिलिङ महकुमाका सभापति बालम तामाङले पनि आफ्नो पद तथा पार्टीबाट राजीनामा दिएका छन्। तिनले बताएअनुसार यतिको दिनसम्म पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक निभाउँदै आए तापनि गत केही दिन अघिदेखि पार्टीभित्र देखापरेको स्थितिलाई मनन गरेर नै अन्तमा आज आफूले पार्टीको पद तथा साधारण सदस्यबाट समेत राजीनामा दिइने निर्णय लिएको हो। तथापि, भविष्यमा पार्टीका सबै नेतृत्व तथा सदस्यहरूसित सदा झैँ व्यक्तिगत सम्बन्ध रहनेछ भनी तिनले बताएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *