गोजमुमो दुवै खेमालाई अनुरोध मात्र गरेको थिए: फादर सोलोमन

दार्जिलिङ: गोजमुमो दुई पन्थीमाझ 17 मार्चसम्म चुनाउलाई लिएर एकै मञ्चमा सामेल हुनेबारे दबाउ नदिएको तर दुवैको लक्ष्य राज्यमा सत्तारुढ तृणमूल कङ्ग्रेसलाई जिताउने रहेकोले आफ्नो पक्षबाट केवल अनुरोध गरेको कुरा आज पत्रकार सम्मेलन गरेर युनाइटेड क्रिश्चियन माइरेटी फोरम अध्यक्ष फादर सोलोमन सुब्बाले बताए। यस अवसरमा तिनले भने, हामी सबैको लक्ष्य एकै हो। यसैले मैले केवल अनुरोध गरेको मात्रै हुँ। कुनै दबाउ सृजना गर्न गरेको होइन यद्यपि आफुहरु कुन पक्षलाई सघाउने त्यसबारे हालसम्म निचोडमा पुगेको छैनौ। यसको साथै भोट विभाजन हुने भएकोले गर्दा नै राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको भनाईलाई शिरोपर गर्दै उम्मेदवार नदिने तिनले बताए। स्मरण रहोस्, युनाइटेड क्रिश्चियन माइरेटी फोरम अध्यक्ष फादर सोलोमन सुब्बाले फादर सुब्बाले 17 मार्चसम्म पनि गोजमुमो दुई खेमा (बिमल र अनित) एकै मञ्चमा आएर चुनाउ नलड्ने निर्णय लिएको खण्डमा युसीएमओ-को तर्फबाट पहाडको तीनवटा आसन क्रमैले दार्जिलिङ, खऱसाङ र कालेबुङबाट स्वतन्त्र प्रार्थीको रूपमा चुनाउ लड्ने अगावै घोषणा गरेका थिए। यद्यपि तिनको भनाईलाई गोजमुमो दुवै खेमाले टेरपुच्छर नलाएपछि यसको निर्णय पार्टी हाइ कमान्डले लिइने बताएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *