गोजमुमोद्वारा चुङथुङ चियाबारीको सल्लाबारीमा सेनिटाइज

बिजनबारी: दार्जिलिङ पुलबजार खण्डको चुङथुङ चियाबारीस्थित सल्लाबारीमा एकजना स्थानीय व्यक्ति कोरोना संक्रमित भएपछि गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा) ले यसको संक्रमणलाई रोक्ने उद्देश्य लिएर गाउँ-घरमा गएर सेनिटाइज गरे। अर्कोतिर, यहाँको चियाबारी क्षेत्रहरूमा पनि बढ्दो कोरोना संक्रमणलाई लिएर गोजमुमो विनय खेमाले चिन्ता व्यक्त गर्दै यसबारे सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनुपर्ने तथा  चियाबारीका मानिसहरूलाई पनि कोरोना भ्याक्सिनको प्रबन्ध चाँडै गर्नुपर्ने माग गोजमुमो दार्जिलिङ महकुमा प्रवक्ता सन्दीप छेत्रीले गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *