गोजमुमोद्वारा खरसाङको तीनधारे र घैयाबारीमा शहीद दिवस पालन

खरसाङ: जीटीए क्षेत्रमा सात दिनव्यापी लक डाउनको कारणले तीनधारे क्षेत्रमा सामान्य रुपमा शहीद दिवस पालन गरियो। गोजमुमो बिनयपन्थी तीनधारे-महानदी समष्टीको तर्फबाट तीनधारेको चिल्ड्रेन पार्कमा अवस्थित शहीद वेदीमा तीनधारे क्षेत्रमा 86 को- गोर्खाल्याण्ड आन्दोलनको समय शहीद भएका बिनय गुरुङ, कृष्ण जोगी, किशोर थापा लगायत अन्यलाई श्रध्दाञ्जली अर्पण गरियो। गोजमुमो तीनधारे महानदी समष्टीको सभापति रबीन सुब्बा, सांगठनिक सचिव सुदन लकान्द्री, नारी मोर्चा समष्टी सल्लाहकार शान्ता तामाङलगायत अन्यले शहीद वेदीमा शहीदहरूलाई धुप जलाएर खदार्पण गरी श्रदाञ्जली अर्पण गरे।


घैयाबारी : गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई घैयाबारीमा पनि श्रध्दाञ्जली अर्पण गरियो। यस क्षेत्रबाट गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरू महेन्द्र नारायण प्रधान, मधुकर थापा, शिवराज थापा, कृष्ण जोगी र लाप्चे खेती रोहिणीको लवाङ तामाङ आदिलाई घैयाबारीको शहीद वेदीमा धुप द्वीप प्रज्वलन गरी खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरियो।


सिविटार : शहीदहरूलाई सिविटार चियाबारीमा पनि आज श्रध्दाञ्जली अर्पण गरियो। उक्त श्रध्दाञ्जली कार्यक्रम सिविटार चियाबारीको 7 नम्बर डिभिजनमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, युवा मोर्चाका सभापति मिलन तामाङ, कैलाश तामाङ, अर्जुन तामाङ लगायत अन्य युवाहरूले शहीदहरूलाई श्रदाञ्जली अर्पण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *