गोजमुमोद्वारा रङ्गबुल ग्राम पञ्चायतमा शहीद दिवस पालन

सोनादा: आज गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा) रङ्गबुल ग्राम पन्चायत स्तरीय समितिले शहीद दिवस पालन गर्यो  । रङ्गबुल गुराँस डाँडा सार्वजिक भवनमा आयोजित दावा माइला डुक्पाको अध्यक्षतामा सम्पन्न शहीद दिवस कार्यक्रममा गोजमुमो केन्द्रिय सदस्य राजेश चौहान, रङ्गबुल ग्राम पञ्चायत स्तरीय समिति संयोजक लक्ष्मण ठाकुरी, समष्टिका पूर्व अध्यक्ष अमिर राई लगायत रङ्गबुलका चारवटा बुथ स्तरीय समितिका प्रतिनिधिहरु उपस्थित थिए।


पार्टीका कार्यकर्ताहरुले मौन धारण गरेर शुरु गरेको कार्यक्रममा केन्द्रिय सदस्य राजेश चौहानले शहीद कुनै जात, धर्म, पार्टीको हुँदैन भन्दै शहीदको सपनालाई भावनामा होइन, यथार्थमा पूर्ण गर्नु पर्छ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *