गोजमुमोका कार्यवाहक अध्यक्ष अनित थापालाई सुके मानेभन्ज्याङ समष्टि युवा मोर्चाद्वारा समर्थन

सुकेपोखरी : गोजमुमो 2-का कार्यवाहक अध्यक्षको रूपमा अनित थापालाई चयन गरिएकोमा गोजमुमो सुके मानेभन्ज्याङ समष्टि युवा मोर्चाले समर्थन जनाउने निर्णय लिएको छ। समष्टि युवा मोर्चा सभापति टाशी भोटियाको सभापतित्व आज एउटा सभा बसेर पार्टीको नयाँ अध्यक्ष अनित थापाको नेतृत्वलाई समर्थन जनाउने निर्णय लिएको बताइएको छ। समष्टि सभापति टाशी भोटिया, उपसभापति दिपेन राई, समष्टि सचिव देवराज छेत्री, केन्द्रिय समिति सदस्य प्रणय राणाले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। समष्टि युवा मोर्चाले अध्यक्ष अनित थापाको नेतृत्वमा आगामी दिनमा गाउँ घर अनि क्षेत्रको शैक्षिक, सामाजिक अनि पर्यटन विकासको लागि कार्य गर्ने तिनीहरूले थप बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *