गोजमुमो कालेबुङ जिल्ला युवा मोर्चा अध्यक्ष विदुर राईको निधन

कालेबुङ : गोजमुमो विनय पन्थीको कालेबुङ जिल्ला युवा मोर्चा अध्यक्ष विदुर राईको निधन भएको छ। गत केही दिन अघि मात्र तिनको पिताको पनि निधन भएको थियो। प्राप्त जानकारीअनुसार बाबु-छोरा दुवै कोरोना संक्रमित भएका थिए। युवा मोर्चा नेता विदुर राईलाई उपचारको निम्ति सिलगढीस्थित एउटा नीजि अस्पतालमा भर्ना गरेपछि उपचाराधीन अवस्थामा थिए। तिनको असमायिक निधनमा गोजमुमो पार्टी अध्यक्ष विनय तामाङ तथा महासचिव अनित थापा लगायत पार्टीको तर्फबाट शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। यसको साथै तिनको निधनले कालेबुङ जिल्लामा पार्टीलाई ठुलो धक्का पर्नको साथै पार्टीका कार्यकर्ताहरू शोकमा परेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *