कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिको आयोजनामा आज यहाँको पार्टी कार्यालयमा 13 वटा समष्टिका पदाधिकारीहरूलाई लिएर एउटा जरूरी सभा केन्द्रीय समिति उपाध्यक्ष नोर्देन लामाको अध्यक्षतामा सम्पन्न भयो। कालेबुङमा गोजमुमोको संगठन राम्रो रहे तापनि यसलाई अझ प्रभावकारी बनाउने विषयमा सभामा उपस्थित पदाधिकारीहरूमाझ चर्चा परिचर्चा गरियो। यसको साथै आजको सभामा पार्टीको भावी कार्यक्रम विषयमा पनि व्यापक चर्चा गरिनको साथै केही व्यक्तिहरूलाई विभिन्न दायित्व पनि प्रदान गरियो। सभामा कालेबुङ जिल्ला कार्यकारी अध्यक्ष सामुएल गुरूङ, महासचिव निमा तामाङ, प्रवक्ता भुवन पी. खनाल, केन्द्रीय सदस्यहरू सोनाम याखा, विजय सुन्दास, प्रवीण रहपाल, लीला कुमार गुरूङ, नगर पार्षदिकाहरू लम्हु छिरिङ भोटिया, बबीता चौरसिया, बिमला छेत्री लगायत जिल्ला सहसचिव सुरज बागदास तथा विभिन्न समष्टिका अध्यक्ष, सचिवहरूको उपस्थिति रहेको थियो।
