गोजमुमो कालेबुङ टाउन कमिटी गठन

कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा कालेबुङ टाउन कमिटी आज गठन गरियो। कालेबुङ नगरपालिका अन्तर्गत 23 वटा वार्डका सदस्यहरूलाई लिएर गोजमुमो कालबेुङ टाउन कमिटी गठन गरियो जसमा अध्यक्ष सुरेन्द्र पाण्डे, उपाध्यक्षहरू एचएम तामाङ, पासाङ भोटिया र निर्मल राई, मुख्य सचिव सञ्जय प्रधान, सह सचिवहरू रिन्छेन भोटिया, सुरज जिम्बा र बिजय शङ्करलाई चयन गरिएको छ। यसरी नै प्रवक्ता अमित थापा तथा मिडिया सचिव अनिल रूम्तेल लगायत विभिन्न पदहरूमा सदस्यहरूलाई चयन गरिएको छ।  महाविद्यालय स्तर तथा विद्यालय स्तरको शिक्षा क्षेत्रलाई लिएर कार्य गर्नको निम्ति सचिवको रूपमा गोपाल शर्मा अनि आरसी दाहाल तथा स्वास्थ अनि परिवार कल्याण क्षेत्रमा कार्य गर्नको निम्ति मीना शर्मा र पवित्र छेत्रीलाई सचिवको रूपमा चयन गरिएको छ। आज गठन भएको गोजमुमो कालेबुङ टाउन कमिटीका सम्पूर्ण पदाधिकारी एवम् कार्यकारी सदस्यहरूलाई गोजमुमो केन्द्रीय समिति अध्यक्ष बिनय तामाङले असल कार्य गर्ने सुझाउ दिँदै शुभकामना व्यक्त गरे। यसका साथै नवगठित समिति तीन महिनासम्म अस्थायी रूपमा रहने तथा दलको केन्द्रीय समिति अनि जिल्ला समितिको निर्णय बमोजिम स्थायी समिति गठन गरिने कुरा तिनले स्पष्ट जनाए।

यसबाहेक सभालाई सम्बधोन गर्दै गोजमुमो केन्द्रीय समिति अध्यक्ष बिनय तामाङले भावनाको र कल्पनाको राजनीतिबाट टाढा रहेर जनपक्षीय कार्य गर्नुपर्ने बताए। गोर्खाल्यान्डको सन्दर्भमा बोल्दै तिनले गोर्खाल्यान्ड सम्पूर्ण गोर्खा जातिको मनमा रहेको तर भोलिको दिनमा भूमिको मालिकना हकको विषयमा कुरा उठेमा पहाडका चियाबगान,सिन्कोनाबगान आदि क्षेत्रमा वसोवासो गर्ने मानिसहरू समस्यामा पर्ने जनाउँदै तिनले सर्वप्रथम पर्चापट्टाको समस्या समाधान हुनु आवश्यक रहेको बताए। यस अवसरमा विनय तामाङ लगायत केन्द्रीय समिति सदस्यहरू सञ्चवीर सुब्बा, रूदेन लेप्चा, गोजमुमो कालबेुङ जिल्ला समिति अध्यक्ष सीबी गुरुङ, कार्यकारी अध्यक्ष रोशन राई, महासचिव गायत्री मुखिया, कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधान साथै नगरपालिकाका 23 वटा वार्डका पार्षदहरू, गोजमुमो कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन खनाल, युवा मोर्चा अध्यक्ष बिदुर राई, महासचिव अमिर बस्नेत, टाउन कमिटी मुख्य संयोजक पञ्कज छेत्री, जलढाका कुमाई गोरूबथान महकुमा अध्यक्ष होमबहादुर छेत्री लगायत अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes