गोजमुमो कार्यवाहक अध्यक्ष अनित थापालाई मङपु लाब्दा समष्टिद्वारा बधाई

मङपु: गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि पार्टी कार्यालयमा आज समष्टि अध्यक्ष एडवर्ड लेप्चाको अध्यक्षतामा एउटा आकस्मिक सभा सम्पन्न भयो। उक्त सभालाई समष्टि सचिव गगन राईले सञ्चालन गरेका थिए| विभिन्न भातृ संगठनका नेतृत्वहरूले उक्त सभामा कार्यवाहक अध्यक्ष अनित थापालाई सभाको माध्यमद्वारा बधाई दिए। आजको सभामा कार्यकारीणी अध्यक्ष अनिल छेत्री, उपाध्यक्ष सुदेश थापा, केन्द्रिय समिति युवा मोर्चा प्रवक्ता अनित खाती, समष्टि नारी मोर्चा सभानेत्री सूर्यमणि राई, सचिव बुनु थापा, युवा मोर्चा समष्टि अध्यक्ष दिब्य बम्जोन, सचिव शरद थापा, प्रवक्ता बिभोर सिङ्गदन, माध्यमिक शिक्षक कल्याण संगठनका जगत राई, शिक्षक कमल छेत्री लगायत अन्य उपस्थित थिए|


Leave a Reply

Your email address will not be published. Required fields are marked *