गोजमुमोको 15औँ स्थापना दिवस दार्जिलिङको मालिधुरामा सम्पन्न

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चाको 15औँ स्थापना दिवस आज जीटीए क्षेत्रको विभिन्न ठाउँहरूमा पालन गरियो। यसै क्रममा आज 15औँ स्थापना दिवस दार्जिलिङको मालिधुरामा भव्यताको साथमा पालन गरियो। कार्यक्रम शुरूमा सर्वप्रथम आज बिहान पार्टी अध्यक्ष बिमल गुरूङले पार्टीको झन्डा उत्तोलन गर्नको साथै पुजापाठ गरे। यस अवसरमा पार्टीका केन्द्रीय महासचिव रोशन गिरी, भूतपूर्व सैनिक संगठनका अध्यक्ष कर्नल रमेश आले लगायत केन्द्रीय नेतृत्वहरू दीपेन माले, नर्बुजी लामा, सुरज सुब्बा, श्रीमती आशा गुरूङ, विरेन्द्र सुब्बा तथा पार्टीका कार्यकर्ताहरू उपस्थित थिए।


पार्टीको 15औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा आज गत गोर्खाल्याण्ड आन्दोलनमा सहिद हुने परिवारका सदस्यहरू, दार्जिलिङ मोडमा भएको पुलिसको निर्ममता पूर्वक कुटपीटमा घाइते भएका भूतपूर्व सैनिकहरू तथा पार्टीका पुराना शीर्ष नेतृत्वहरूलाई संवर्द्धना जनाइयो। स्थापना दिवस कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *