गोजमुमोको बुथ कमिटी गठन

सोनादा : सोनादा पचेङ समष्टी अन्तर्गत पचेङ शाखाको बुथ नम्बर 24/19 मा गोजमुमोको कमिटी गठन गरिएको छ। उक्त बुथ कमिटीको गठनको सभामा गोजमुमो केन्द्रीय सदस्य महेन्द्र प्रधान, समष्टी सभापति सोनाम तामाङ र नारी मोर्चाबाट सावित्री राई, अनिता छेत्रीको विशेष उपस्थिति रहेको थियो। उक्त कमिटीमा सभापति रञ्जन सुब्बा, उप सभापति दिपक राई, सचिव सजीवन राई, सह सचिव सत्यवान सुब्बा, कोषाध्यक्ष सलिम लामा, सह कोषाध्यक्ष ओम प्रकाश गुप्तालाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *