गोजमुमोको चुनाउ समिति गठन

दार्जिलिङ : गोजमुमो बिमल खेमाको आज बदमताम लेबुङ समष्टिको सभा सम्पन्न भयो। उक्त सभामा आउँदो विधानसभा चुनाउलाई लिएर चर्चा परिचर्चा गर्नको साथै पार्टीको भावी रणनीतिहरू बारेमा पनि वक्ताहरूले उपस्थित समर्थकहरूलाई अवगत गराए। यस अवसरमा समष्टि स्तरीय एउटा चुनाउ समिति पनि गठन गरियो। आजको सभामा विशेष रूपले गोजमुमो केन्द्रीय समिति सहसचिव प्रियवर्द्धन राई, समष्टिका नेता पुरण तामाङ, पार्टीको श्रमिक संगठनका केन्द्रीय अध्यक्ष सुरज सुब्बा आदि प्रमुख रूपमा उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *