गोजमुमोको चुङथुङ मेरीबुङ तामसाङ समष्टिद्वारा अनित थापाको नेतृत्वलाई समर्थन

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा चुङथुङ मेरीबुङ तामसाङ समष्टि आज सभा तामसाङ मखमली भवनमा सम्पन्न भयो। गोबिन्द गुरूङको अध्यक्षतामा भएको यस सभामा पार्टी केन्द्रीय समिति उपाध्यक्ष सतिश पोर्खेल, महकुमा अध्यक्ष आलोक कान्त मणी थुलुङ, युवा मोर्चा अध्यक्ष अमृत योन्जन, युवा मोर्चा महासचिव अरूण छेत्री, केन्द्रीय समिति सदस्य मणी कुमार राई, सुजिन राईले प्रमुख उपस्थिति दिएका थिए। गोर्खा जनमुक्ति मोर्चाको अध्यक्ष विनय तामङको आफ्नो पद र पार्टीबाट राजीनामा दिएपछि दार्जिलिङको चुङथुङ मेरीबुङ तामसाङ समष्टिको पहिलो सभा सम्पन्न भयो। पार्टीलाई अध्यक्षले नै छोड़ेर गएको विकट समयमा पार्टी केन्द्रीय समितिले एउटा जरूरी आपतकालिन सभा बसेर अनित थापालाई कार्यवाहक सभापति चयन गरेर अब पार्टीलाई अघि बडाउने जिम्मेवारी सुम्पेको छ।


 

पार्टी केन्द्रीय समितिको निर्णयलाई स्वीकार्दै अब्रोप्रान्त चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा रहेको 22 वटै बुथले अनित थापाको नेतृत्वमा पार्टीको कार्य गर्ने निर्णय लिएको जानकारी दार्जीलिङ महकुमा समिति प्रवक्ता सन्दीप छेत्री दिएका छन्। समष्टिको पक्षबाट सचिव ललित तामाङ, सहसचिव सितम बस्नेत, उपाध्यक्ष रतन गुरूङ, डीटीडीपीएलयू समष्टि अध्यक्ष हाइजङ थापा, नारी मोर्चा महकुमा उपसभानेत्री स्वरस्वती गुरूङ, नारी मोर्चा महकुमा सदस्य निशा गुरूङ सभामा उपस्थित थिए। आजको सभामा चुङथुङ मेरीबुङ तामसाङ युवा मोर्चा समष्टि समितिको विघटन युवा मोर्चा अध्यक्ष अमृत योन्जनद्वारा गरियो भने युवा मोर्चा समष्टि संयोजक सुन्दर राई अनि सर्जु छेत्रीलाई चयन गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *