गोरामुमोको दार्जिलिङ वार्ड नम्बर 9 मा साङ्गठनिक सभा

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अन्तर्गत सदर 1 समष्टि वार्ड नम्बर 9 को साङ्गठनिक सभा गोरामुमो केन्द्रीय कार्यालय डा. जाकिर हुसेन रोड दार्जिलिङमा बस्यो। वार्ड अध्यक्ष अमर तामाङको सभापतित्वमा सम्पन्न सभामा वार्ड नम्बर 9 लाई बलियो बनाउन साथै विधानसभा चुनाउलाई मध्यनजर गर्दै वार्ड नम्बर 9 मा 2 वटा प्रशाखा गठन गर्ने सभाले प्रस्ताव पारित गर्योई। सभामा सुवास सुब्बालाई सर्वसम्मतिले 171 नम्बर प्रशाखाका सभापति चयन गरियो। यसैगरी, 172 नम्बर प्रशाखाको निम्ति दिपेन मुखियालाई चयन गर्दै प्रशाखाहरुमा 12/ 12 जनाको कार्यकारिणी सदस्यहरु चयन गरियो। नयाँ प्रतिनिधिहरुलाई बधाई दिँदै पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने निर्देश दिए।


अमर तामाङले भने, अध्यक्ष मन घिसिङको निर्णय अनि निर्देशन लाई शिरोपर गर्दै विधान सभा चुनाउमा भाजपा प्रार्थी निरज जिम्बालाई भारी मतले जिताउने सभाले पारित गरेका छौं। केन्द्र सरकारले नै हाम्रो मुद्दालाई पार लगाउने छ यसैकारण 17 अप्रेल 2021 को दिन जाति र माटोको उन्मुक्तिको निम्ति कमलको फुलमा आफ्नो बहुमुल्य भोट दिएर भाजपा उम्मेदवार निरज जिम्बालाई बिजयी बनाउने तिनले अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *