गोजमुमो-को हडताल जारी, युवाहरू आमरण अनशनमा बस्न पनि तयार

दार्जिलिङ : गोजमुमो युवा मोर्चाको साङ्केतिक भोक हडतालको आज पाँचौं दिन गोक पुलबजार समष्टिका युवा मोर्चा कार्यकर्ताहरूले सहभागी जनाएका छन्। आजको साङ्केतिक भोक हडतालमा बोल्दै समष्टि संयोजक विनय सुब्बाले युवाहरु साङ्केतिक भोक हडताल मात्र नभएर आमरण अनसन बस्नको लागि पनि तयार रहेको बताए। आजको साङ्केतिक भोक हडताल साङ्गठनिक सचिव दिपेन मालेले द्वीप प्रज्वलन गरेपछि शुरूवात गरियो। अनशनकारीहरुलाई विभिन्न भातृ संगठनका सदस्यहरुले खदा लगाइ दिएर तिनीहरूको मनोबल बढाए। आज पाँचौं दिन भोक हडतालमा बस्ने युवाहरुमा क्रमैले कपिल मैनाली, सुरज बाला, अनिल सुब्बा, कुमार छेत्री र राजेन दियाली सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *