गोजमुमोको स्थापना दिवस सिलगढीमा पालन

सिलगढी: गोर्खा जनमुक्ति मोर्चा सिलगढी तराई क्षेत्रमा सिलगढी महकुमा समितिको पार्टी कार्यालय अघि पनि गोर्खा जनमुक्ति मोर्चाको 15औं स्थापना दिवस पालन गरियो। यस अवसरमा पार्टीको केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीले पार्टीको झन्डा फत्तोलन गरे। पार्टी अध्यक्ष बिमल गुरूङको निर्देशमा पालन गरिएको सो स्थापना दिवस कार्यक्रममा केन्द्रीय सह सचिव बिमल प्रधान, अर्जुन छेत्री, युवा मोर्चा केन्द्रिय सदस्य नवीन मुखिया, सिलगढी महकुमा समितिका मुल सचिव बाबु तामाङ लगायत सिलगढी महकुमा अन्तर्गत सबै ब्लक कमिटिका सभापति, सचिव अनि मुख्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *