गोजमुमो-को खरसाङ महकुमा कार्यालय उद्घाटन

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको खरसाङ महकुमा समितिको कार्यालय आज उद्घाटन गरियो। खरसाङ बजारको धर्मशाला नजिकमा रहेको गोजमुमो महकुमा समितिको नयाँ कार्यालय आज महकुमा सभापति प्रदीप मगरले विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा खरसाङ लगायत वरिपरि क्षेत्रका विभिन्न इलाकाहरूबाट नारी मोर्चा, युवा मोर्चा, अभिभावक संगठनका नेतृत्वगण तथा पार्टी समर्थकहरूको उपस्थिति रहेको थियो। यसको साथै गोजमुमोका केही केन्द्रीय नेतृत्वहरू पनि आजको कार्यालय उद्घाटन कार्यक्रममा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *