गोजमुमोको मूल मुद्दा जनतालाई पर्जापट्टा दिलाउने: अनित थापा

मिरिक: गोजमुमोको मुल मुद्दा नै पहाडको 70 प्रतिशत जनतालाई पर्जापट्टा दिलाउने रहेको पार्टीका केन्द्रीय महासचिव अनित थापाले बताए। मिरिकमा आज तिनले पत्रकारहरूलाई बताए अनुसार पहाडमा हाम्रो सत्तर प्रतिशत जनताको आफ्नो घर, जग्गा, जमिनको मालिकाना अधिकार छैन । भूमि छ तर अधिकार छैन । हाम्रो मुख्य मुद्दा नै पर्जापट्टा हो । आउँदो 6 महिना अवधिभित्र जनतालाई पर्जापट्टा दिलाउने तिनले दावी गरेका छन्। तिनी बिहिबार मिरिक हल्लने पैह्रोग्रस्त क्षेत्रको भ्रमणमा आएका थिए । यस अवसरमा तिनले पहाडमा पैह्रो रोकथामको लागि नयाँ तकनिकी अप्नाउने पनि बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *